परिसीमनपछि भारतको लोकसभा सिट संख्या ८१६ पुग्ने प्रस्ताव
काठमाडौँ : भारतमा प्रस्तावित परिसीमन विधेयक पारित भए लोकसभाको कुल सिट संख्या ५४३ बाट बढेर ८१६ पुग्ने भएको छ । केन्द्र सरकारको प्रस्तावअनुसार सबै राज्य र केन्द्रशासित प्रदेशमा लोकसभा सिट संख्या ५० प्रतिशतले वृद्धि हुनेछ ।केन्द्रीय कानुनमन्त्री अर्जुन राम मेघवालले सार्वजनिक गरेको नक्साअनुसार उत्तर प्रदेशमा सबैभन्दा बढी सिट थपिनेछन् । हाल ८० सिट रहेको उत्तर प्रदेशमा १२० सिट पुर्याउने प्रस्ताव छ ।