SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

रास्वपा सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ । बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको बताइएको छ । रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ ।