SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

बागमतीमा यातायात र कर छुट योजना : २० वर्षको बक्यौता, अब दुई वर्षको करमै मिल्ने

काठमाडौं । बागमती प्रदेश सरकारले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै व्यवसायीहरूका लागि विशेष कर छुटको प्याकेज घोषणा गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उक्त घोषणा गरेका हुन् ।