रास्वपा बैठकले के के निर्णय गर्यो?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।पार्टी कार्यालय बनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
