SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

झापाको मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने

झापा । झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यान–धनमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्ने तयारी अघि बढाइएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि टास्क फोर्स गठन प्रक्रिया अगाडि बढाइएको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगी ले जानकारी दिएकी छन् ।