SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

राहदानी खरिद प्रकरण : अख्तियारद्वारा जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाइयो

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मनीका दुई कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जर्मन कम्पनी मुलबाउर र भेरिडोस का आधिकारिक प्रतिनिधिलाई अनुसन्धानमा सहयोग गर्न उपस्थित हुन आग्रह गरेको हो ।