SHARE
अन्नपूर्ण · शनिबार २४ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पर्यटकीय क्षेत्रको विस्तारमा सामूहिक श्रमदान

नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्याको प्रसिद्ध घ्याङस्वाराको विकासमा सामूहिक श्रमदान गरिएको छ। सामूहिक श्रमदानमा एकै दिन तीनसय जनाभन्दा बढिको सहभागिता रहेको थियो। ‘कोही भन्दा छैन कम–पालिकालाई एकदिन श्रम’ भन्ने मुल नाराका साथ पञ्चकन्या गापा-४ स्थित घ्याङस्वारा पर्यटकीय पार्क तथा खेलकुद मैदानमा शुक्रबार एक दिन सामूहिक श्रमदान गरिएको हो।