SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

राप्रपाको  कार्यसम्पादन समिति बैठक आज, केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:३० बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठकले असार ५ र ६ गते हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने जनाइएको छ ।