नेपाल टेलिकमद्वारा रसुवाको चन्दनबारीमा २जी बीटीएस सञ्चालन
२३ साउन, काठमाडौं। नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा २जी बीटीएस (बेस ट्रान्सीभर स्टेशन) सञ्चालनमा ल्याएको छ। यससँगै समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको गोसाईकुण्ड गाउँपालिकास्थित चन्दनबारीमा अब मोबाइल नेटवर्कको पहुँच पुगेको छ।
