SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार रहेका वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगंगा गाउँपालिका–९ का टेकबहादुर तामाङ रहेका छन् । तामाङ यसअघि संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदबिक्री मुद्दामा दोषी प्रमाणित भइ सजाय भुक्तान गरिरहेका थिए ।