प्रचण्डलाई झलनाथको पत्र– ‘कमरेड म पार्टीमा धुप बालेर बसौँ कि पूजा गरेर ? [पूर्णपाठ]
काठमाडौं । विभिन्न वामपन्थी घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद देखिन थालेको छ । नेकपाभित्रका एक शीर्ष नेताका रुपमा रहेका झलनाथ खनालले आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि देखाएका हुन् । झलनाथले प्रचण्डलाई ३६ बुँदामा पार्टीभित्रका विभिन्न पक्षहरुलाई विश्लेषण गर्दै पत्र पठाएका हुन् ।
