SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

जैविक विविधतामाथि बढ्दो खतरा

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–४ स्थित वसन्ता हरियाली, कालिका तथा वडा नं ८ मा रहेको गौरीगणेश र शिवशक्ति सामुदायिक वन क्षेत्र जैविक विविधता संरक्षणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छन् । हरियाली, प्राकृतिक सौन्दर्य र वन सम्पदाले समृद्ध यी वन क्षेत्र तराई र चुरे भूभागलाई जोड्ने महत्त्वपूर्ण जैविक कोरिडोर (वन्यजन्तु आवतजावत मार्ग) का रूपमा रहेका छन् ।