विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढी विपद्मा दलीय राजनीतिभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सङ्कटको यो घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ उभिनुपर्नेमा जोड दिइन् ।
