शहीदको रगतमा राजनीति गर्न पाइँदैन: एमाले सांसद खातुन
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गरेकी छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताइन् ।
