व्यवसायीहरुलाई ‘थुन्ने’ सरकारको नीति गलत छ : कमलेशकुमार अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीहरुलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । चेम्बरले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले व्यवसायीहरुलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानीमैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने बताए ।
