SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

पूर्वराजाको सचिवालयले भन्यो- ‘असार २३ गते जन्मदिन मनाउने कुनै कार्यक्रम छैन’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा असार २३ गते निर्मल निवासमा कार्यक्रम हुने भन्दै सार्वजनिक भएको विज्ञप्ति नक्कली भएको पाइएको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले उक्त विज्ञप्ति आफूले जारी नगरेको स्पष्ट पारेका हुन् । यसअघि पूर्वराजाको सचिवालयले जारी गर्ने शैलीमा विज्ञप्ति सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।