हर्क साम्पाङद्वारा संसदको वेल घेराउ
काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधि सभा बैठकमा वेल घेराउ गरेका छन् । बुधबार विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफल भइरहेका बेला उक्त पार्टीका अध्यक्ष हकराज राईसहितका सांसदहरुले वेल घेराउ गरेका हुन ।
