SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयहरुको विभिन्न शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यसूचि अन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरुले उभिएर विरोध गरिरहेका थिए ।