डोजर आतंकले सुकुमबासीको संवैधानिक अधिकार हनन् गर्यो : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुमबासीको पहिचान नगरी सरकारले बस्तीमा डोजर चलाएर त्रासको वातावरण सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको पछिल्लो कदमले सुकुमबासीहरूको संवैधानिक अधिकार हनन् भएको तथा उनीहरू असुरक्षित महसुस गर्न बाध्य भएको बताए ।
