भारतको अवरोधपछि चिया निर्यात संकट : तेस्रो मुलुकमा बजार सुनिश्चित गर्न निष्कल राईको माग
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चियाको निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन् । भारतले गुणस्तर परीक्षणको नाममा चिया निर्यातमा अवरोध गरेपछि उनले तेस्रो मुलुकमा समेत बजार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
