पूर्वराजा ज्ञानेन्द्रको ८०औँ जन्मोत्सव असार २३ गते मनाउने, निर्मल निवास ३ घण्टा खुल्ला हुने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने भएका छन् । पूर्वराजाको संवाद सचिवालयका अनुसार जनचाहना अनुरूप जन्मोत्सव समारोह आयोजना गर्न लागिएको हो । समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रमसमेत राखिएको छ ।
