SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

‘क्याट’ का लागि पशु उद्धार एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । लामो समयदेखि कुकुरहरुको उद्धार गरिरहेको संस्था क्याट KAT अर्थात् काठमाडौं पशु उपचार केन्द्रका लागि पशु उद्धार एम्बुलेन्स प्राप्त भएको छ । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–२ स्थित क्याटको कार्यालयमा मंगलबार उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । विभिन्न गैरसरकारी संस्थाको विशेष सहयोगमा सञ्चालन भइरहेका क्याटका लागि क्याट अमेरिकाले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।