भारतस्थित नेपाली दूतावासले भन्यो– बाढीमा हालसम्म ५ नेपाली मात्र हराएका छन्
काठमाडौं । भारतस्थित नेपाली दूतावासले छिमेकी देश भारतको उत्तारखण्डमा केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म ५ नेपाली हराइरहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै १७ जना नेपाली हराइरहेको बताए पनि दूतावासले विज्ञप्ति नै जारी गरेर हालसम्म ५ नेपाली बेपत्ता रहेको जनाएको हो ।
