सरकारसँग छैन विद्युतीय गाडीहरुको क्षमता जाँचपास गर्ने मेसिन
काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् । शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धिको छलफलमा भट्टराईले ईभी गाडीहरुको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताए ।
