SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ ०८:५५ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ७ दिनमै विश्वासको मत लिन लागेका हुन् ।