सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध आज शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले उन विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
