SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

सभामुखको भूमिका र निष्पक्षतामाथि नै सांसदले उठाए प्रश्न

काठमाडौं । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन् । सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाए ।