SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका तथा अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरू अमानवीय पीडा भोग्न बाध्य भएको बताउँदै उनीहरूको अवस्था अत्यन्त दयनीय रहेको उल्लेख गरिन् ।