मधेशका रास्वपा सांसदसँग रविले गरे सामूहिक छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बुधबार आयोजित छलफलमा मधेश प्रदेश अधिवेशनको तयारी, संगठन विस्तार र प्रदेशस्तरीय गतिविधिबारे कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
