SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

झलनाथलक्षित नेपालको कटाक्ष : ‘ओलीजीको सेवा गरेर बसे हुन्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले विद्रोह गरेर नयाँ पार्टी बनाउने र अहिले विद्रोहको औचित्य नभएको भन्ने अभिव्यक्ति दिनु पार्टी अनुशासन विपरीत रहेको स्पष्ट पारेका छन् ।