सरकारसँग हर्क सम्पाङको माग : सुकुमबासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले डोजर अभियानका कारण विस्थापित भएका सुकुमबासीलाई पुरानै स्थानमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राईले डोजर चलाएर बेघरबार बनाइएका सुकुमबासीहरू हाल विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएको बताए ।
