भनेको माने इरानलाई धेरै फाइदा हुनेछ : जेडी भान्सले
काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँगको नयाँ प्रारम्भिक समझदारी सफल भएमा इरानलाई फेरि विश्व अर्थतन्त्रमा जोड्ने बाटो खोल्न अमेरिका तयार रहेको बताएका छन् । फक्स न्युजसँगको एक कार्यक्रममा उनले ट्रम्प प्रशासनको प्रस्तावित सम्झौताको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको समयमा भएको सम्झौतासँग गरेका थिए ।
