SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशनलाई हल दिन उद्योग संघले माग्यो सरकारको आधिकारिक पत्र

काठमाडौं । चितवन उद्योग संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन बन्दसत्रका लागि आफ्नो हल प्रयोग गर्न दिनुअघि सरकारको आधिकारिक स्पष्ट निर्णयसहितको पत्र माग गरेको छ । संघका अध्यक्ष मदन घिमिरेका अनुसार आज बसेको पदाधिकारी तथा काउन्सिल सदस्यहरूको बैठकले सरकारबाट स्पष्ट निर्देशन नआएसम्म हल उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।