SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

आजदेखि चलनचल्तीमा आयो नयाँ ५०० रुपैयाँको नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटमा सगरमाथाको चित्रसँगै दायाँतर्फ अण्डाकार आकृतिभित्र रहेको कुबेरको चित्र विशेष सुरक्षा चिन्हका रूपमा राखिएको छ ।