घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ९८ हजार ५ सयमा कारोबार भएको सुन आज १२ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
