मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत
काठमाडौं । स्ट्राइकर लिओनल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले विश्वकप अभियानको सानदार सुरुआत गरेको छ । अल्जेरियाविरुद्धको खेलमा मेस्सीले तीन गोल गरेपछि अर्जेन्टिनाले ३–० को प्रभावशाली जित दर्ता गरेको हो । सन् २००६ देखि विश्वकपमा सहभागिता जनाउँदै आएका मेस्सीले खेलको पहिलो हाफमै टोलीलाई अग्रता दिलाएका थिए ।
