SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

चीनको छिङहाइ प्रान्तमा ६.३ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

काठमाडौं । उत्तर–पश्चिम चीनको छिङहाइ प्रान्तस्थित हाइसी मङ्गोलियाली र तिब्बती स्वायत्त क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । यस घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । भूकम्पपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै हजारौँ स्थानीय बासिन्दा, विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।