रास्वपाको कर्णाली प्रदेश सभापतिमा मदन खड्का पुनः निर्वाचित
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का पुनः निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी स्नेहा उपाध्यायले ६३ मत र नन्दकिशोर बस्नेतले ३५ मत पाए । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा थिए ।
