SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०२:५८ AM · 1 मिनेट पढाइ

नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी, साउनभित्र सवारी गुड्ने

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य नाकामा पर्ने नागढुंगा–नौबिसे सडकखण्डमा हुने सवारी चाप व्यवस्थापनमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् ।