SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।