SHARE
लोक पथ · बुधबार ३ असार २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माण गर्न आह्वान गरेका छन् । चीनको चारदिने औपचारिक भ्रमणका क्रममा उनले बुधबार बेइजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर र जनसाङ्ख्यिकीय सामर्थ्यबारे प्रकाश पारे ।