ई–सेवा र आईएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक
काठमाडौं । ई–सेवा र आईएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात् इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही तथा लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुनेछ ।
