SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

बजेटबारे रास्वपाका सांसदकै असन्तुष्टि– ‘शक्ति केन्द्रको वरिपरि घुम्यो’

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नै असन्तुष्टी जनाएका छन् । रास्वपा सांसद भरत पराजुलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटले मुलुकका विद्यमान गम्भीर समस्या र भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको टिप्पणी गरेका छन् ।