SHARE
लोक पथ · मङगलबार २ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

दासढुंगामा म्याजिक र स्कर्पियो ठोक्कियो

काठमाडौं । चितवनको दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक अटो र स्कर्पियो एकआपसमा ठोक्किई दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कर्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन् ।