चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरको उद्धार, ५ भारतीय पक्राउ
काठमाडौं । चितवनबाट अपहरणमा परेका बालक रिशव गुप्ताको काठमाडौंमा सकुशल रुपमा उद्धार गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका बालकको उद्धार र ५ जना अपहरणमा संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पाचै जना भारतीय नागरिक रहेका छन् । उनीहरुले १६ वर्षका रिशवलाई चितवनको नारायणगढबाट अहपहरण गरेका थिए ।
