SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

डीएभी कलेजमा अध्ययनरत छात्र आर्यन सिंहले कलेजकै छतबाट हामफालेर गरे आत्महत्या 

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक छात्रले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् । हामफालेर आत्महत्या गर्ने छात्रमा काठमाडौं महानगरपालिका– ७, चाबहिल घर भई कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह छन् ।