सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएन : सभापति गजुरेल
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभापति गजुरेलले सडक दुर्घटनाबाट दैनिक औसत सात जनाको मृत्यु हुने अवस्था रहे पनि सरकारले यस विषयलाई प्राथमिकतामा नराखेको बताए ।
