जथाभावी रुट परमिटले दुर्घटना बढ्यो : ट्राफिक प्रमुख काफ्ले
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकको अवस्था र सवारीको क्षमताको मूल्यांकन नगरी जथाभावी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले जथाभावी रुट परमिट दिँदा सवारी दुर्घटना बढिरहेको बताए ।
