‘सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी बढाउनुपर्ने हुन्छ’
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा पर्याप्त मेहनत र लगानी गर्नुपर्ने बताएका छन् । मंगलबार बसेको संघीय संसद् प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथिको समूहगत छलफलमा भाग लिँदै सांसद बरालले विज्ञान र प्रविधिको विकासबिना मुलुकको समग्र प्रगति सम्भव नहुने बताएका हुन् ।
