SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

नयाँ सवारी दर्ता खोल्न सरकारसँग सांसद कार्कीको माग, यातायात व्यवसायी संकटमा परेको दाबी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल दर्ता प्रक्रिया खोल्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातायात व्यवसायी समस्यामा परेको बताए ।